नियम ३५
शैक्षिक सत्र र शैक्षिक क्यालेण्डर;
(१) आयोगले विश्वविद्यालय, प्रतिष्ठान, परिषद्‌ र शिक्षण संस्था समेतको समन्वयमा चिकित्सा शिक्षाका विभिन्न विधा र कार्यक्रमहरूको लागि शैक्षिक सत्र र एकीकृत वार्षिक शैक्षिक क्यालेण्डर निर्धारण गर्नेछ।

(२) उपनियम (१) बमोजिम निर्धारित शैक्षिक सत्र र एकीकृत वार्षिक शैक्षिक क्यालेण्डर बमोजिम विश्वविद्यालय, प्रतिष्ठान, परिषद्‌ र शिक्षण संस्थाले आफ्ना कार्यक्रम मिलान गरी सञ्चालन गर्नु पर्नेछ।